अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुकुरलाई हिर्काएको निहुँमा बाजुरामा नेकपा एस र काँग्रेस कार्यकर्ताबीच कुटाकुट,प्रहरीद्वारा हवाइ फायर

कुकुरलाई हिर्काएको निहुँमा बाजुरामा नेकपा एस र काँग्रेस कार्यकर्ताबीच कुटाकुट,प्रहरीद्वारा हवाइ फायर


बाजुरा- बाजुरामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।