गैंडाकोट– चुनावी रणसंग्रामको मूल थलो भरतपुर महानगरपालिका पारीपट्टीको एउटा नगरपालिका गैंडाकोटलाई पनि चुनावको रन्कोले उस्तै छोएको छ । यहाँ कांग्रेस माअोवादी र जनमोर्चाको घोषणा भएको तर कार्यन्वयन हुन नसकेका गठबन्धन र एमाले राप्रपाको गठबन्धन बीच चुनावी प्रतिष्पर्धा हुंदैछ ।
नेपालको मध्यभागमा रहेको नवललपुर जिल्लामा पर्ने गैंडाकोटलाई धेरैले नवलपुर भन्दा चितवन नै भनेर चिन्छन् । कांग्रेसको गढ मानिएको नगरपालिकामा गत निर्वाचनमा नै एमालेका छत्र पौडेलले किल्ला भत्काइदिनुभयो । ५० वर्षीय छत्र अहिले फेरि ७४ वर्षीय वृद्ध मदनभक्त अधिकारीसँग चुनावी मैदानमा हुनुहुन्छ । ‘कृष्णभक्तलाई राज्यले सम्मान दिएर वृद्ध भत्ता दिएको छ । उहाँ युवासँग चुनाव भिड्न आउनु हुदैनथियो’ गैंडाकोट ८ का रमन बोटे भन्नुहुन्छ ‘उमेरका कारणले पनि उहाँप्रति मतदाताको आकर्षण छैन ।’

एमाले युवा नेता पौडेल जोश जाँगर बोकेर नगरलाई समृद्ध बनाउन लागीपर्नु भएको छ । अघिल्लो पाँचवर्ष पनि उहाँले गरेका काममा कसैले खोट लगाउन नसकेका कारण यसपटक उहाँलाई पार्टीले पुन टिकट दिएको केन्द्रीय सदस्य कृष्ण पौडेल बताउनुहुन्छ । ‘नगरको विकासका लागि अहोरात्र खट्न सक्ने र आर्थिक अनियमितताबाट टाढै रहेकाले पार्टीसँगै मतदाताले पनि छत्र पौडेलाई विश्वास गरेका छन्’ केन्द्रीय सदस्य पौडेल भन्नुहुन्छ । ४८ हजार ६०० मतदाता रहेको गैंडाकोटमा १८ वटा वडा छन् । यहाँ राप्रपाका तुलाराम पौडेललाई उपमेयर बनाइएको छ । यो गठबन्धन कसिलो छ । सम्झौता अनुसार कार्यन्वयनमा पनि भएकोले आफ्ना भोट एमालेलाई र एमालेका भोट आफूले पाउनेमा उपमेयरका उम्मेदवार तुलाराम पौडेल विश्वस्त हुनुहुन्छ ।
यता सत्ता गठबन्धनम कांग्रेसको छिर्के दाउले एमाले राप्रपालाई सहज भएको छ । उनीहरुले माओवादीलाई दईवटा वडा र जनमोर्चालाई एउटा वडा अध्यक्ष दिने सहमति गरे । तर कांग्रेसले हालेका उम्मेदवारी फिर्ता गरेनन् । ‘कांग्रेसको यो चालले माओवादी जनमोर्चा उनीहरुसँग छैनन्,’ एमालेका एक नेता भन्नुहुन्छ ‘त्यसैले ती भोटले हामीलाई सघाउँछन् ।’

गैंडकोट कुनै बेला काँग्रेसको कस्तो गढ थियो भन्ने कुरा पूर्वपश्चिम राजमार्गको गौंडाकोट बजारमै ‘कांग्रेस चौक’ नामाकरण गरिएको छ । कांग्रेसको किल्ला भत्काउने उनै छत्र पौडेल शनिबार बिहान कांग्रेस चौकमा कार्यकर्ता सहित चुनावी अभियानमा भेटिनुभयो । पौडेलले यो बेलासँग भन्नुभयो, ‘गैंडाकोट लालकिल्ला भइसक्यो । कांग्रेस चोक एउटा इतिहास थियो । ’






प्रतिक्रिया