अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु

खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु


खोटाङ – खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।

उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो। रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याए लगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिनुभयो ।

२०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो। उहाँका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् ।