अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डकी छोरी जिताउनका लागि म उनको दास होइन : जगन्नाथ पौडेल

प्रचण्डकी छोरी जिताउनका लागि म उनको दास होइन : जगन्नाथ पौडेल


चितवन – चितवन भरतपुर महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छोरीलाई चुनाव जिताउनका लागि आफू प्रचण्डको दास नभएको टिप्पणी गर्नुभएको छ ।

शनिबार भरतपुरमा चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले छोरीलाई नजिताए देश संकटमा पर्छ भनेर नधम्क्याउनसमेत प्रचण्डलाई चेतावनी दिनुभयो ।

उहाँले देशको मायाले गठबन्धन नबनेको दावी गर्दै नेताहरूको पेट भर्नका लागि भरतपुरबासी दास बन्न नसक्ने बताउनुभयो । ‘चितवन भरतपुरको समृद्धिको लागि गठबन्धन बनेको हो ? आर्थिक तथा भौतिक पूर्वाधार विकासका लागि गठबन्धन बनेको हो ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘कसैको छोरी र श्रीमती जिताउनका लागि दास बन्न सकिदैन । प्रचण्डको धम्कीपूर्ण भाषाले कोही डराउने वाला छैन् ।’

पौडेलले हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको पार्टी कांग्रेसका सभापति प्रचण्डको भुलभुलैयामा लागेर कार्यकर्ताको शिर झुकाउने काम गरेको आरोप लगाउनुभयो ।

उहाँले पूर्वप्रधानमन्त्री भइसकेका नेताले देश दुर्घटनामा जान्छ भनेर दिएको अभिव्यक्तिले आफूलाई आत्मग्लानी भएको टिप्पणी गर्नुभयो ।