जनकपुरधाम- धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।
अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिनुभयो । उहाँको ७० वर्षको उमेरमा निधन भएको हो ।
फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहनुभएका उहाँलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यकृया हुन नसकेको कार्कीले बताउनुभयो ।
शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।





प्रतिक्रिया