अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७ कारणः जसले एमालेले जित्दैछ हेटौंडा

७ कारणः जसले एमालेले जित्दैछ हेटौंडा


हेटौंडा– देशको संघीय राजधानी काठमाडौंको चुनावी चर्चा व्यापक रुपमा भइरहँदा बागमती प्रदेशको राजधानी हेटौंडाको चुनाव केही ओझेलमा परेको छ । तर हेटौंडा पुग्दा यो उपमहानगरलाई पनि उसैगरी चुनाव लागेको छ । एमालेको पुस्तौनी विरासत बोकेको यो उपमहानगरमा चुनाव जित्न एमालेलाई विगतका काम र डोरमणि पौडेल काफी रहेको एमालेजनहरु बताउँछन् ।

हेटौंडा उपमहानगरमा एमालेका तर्फबाट अनन्त पौडेल मेयर र सृजना काफ्ले उपमेयर उठेका छन् । नेकपा एसका अध्यक्ष श्रीधर पोखरेल पनि चुनावको मुखमा एमाले प्रवेश गरेपछि यहाँको एमाले थप हौसिएको छ । चुनावी अभियानमा पूर्वमूख्य मन्त्री डोरमणि पौडेल एकैछिन नबिसाइ खटिरहनु भएको छ । ‘२०४९ र ०५४ का हेटौडाका मेयर पौडेलको उपस्थिति नै हेटौंडामा चुनाव जित्न काफी छ,’ मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य समिन खान भन्नुहुन्छ ‘हेटौंडामा जति पनि विकासको जग बसेको छ, डोरमणि सरकै पालामा हो ।’

डोरमणिको विकास र हेटौडा एक अर्काका पर्याय हुन् । २०४९ सालमा पहिलो पटक स्थानीय निकायको निर्वाचन हुँदा डोरमणि एमालेबाट यो नगरको मेयर बन्नुभयो । मेयर भएपछि उहाँले योजनावद्ध विकासको थालनी गर्नुभयो । त्यसबेला ग्रामिण क्षेत्र र सहरी क्षेत्रलाई विकासमा समानता दिन उहाँले ‘समानुपातिक विकास’को अवधारणा ल्याएर ग्रामीण वडाहरुमा सडक, बत्ती र खानेपानीको प्रवन्ध गर्नुभयो । दोस्रो कार्यकाल २०५४ मा हेटौडालाई हरियाली सहर र जनसहभागिताको विकासको कार्यक्रम ल्याएर हेटौंडाको रुप बदलिदिनुभयो । त्यति मात्र होइन उनै पौडेल २०७४ मा बागमती प्रदेशको मूख्यमन्त्री भएर फेरि हेटौंडामा विकासको अर्को लहर ल्याउन सफल हुनुभयो ।

‘हामीसँग चुनाव जित्न एक दुई हैन हजार आधार छन्,’ शनिबार हेटौंडामा पौडेलले भन्नुभयो ‘यहाँका जनताले एमालेका तीनै वटा सरकारले गरेका काम देखेका छन् । त्यसका आधारमा हामीलाई सहजै चुनाव जिताउनेछन् ।’

पौडेल पूर्वसांसद र परीक्षण भइसकेका जनप्रतिनिधि हुनुहुन्छ । स्थानीयमा पौडेलको लोकप्रियता अहिले पनि उस्तै छ ।

एमालेले बागमती प्रदेशको राजधानी हेटौंडालाई कायम गर्न सकेको कुरालाई पुँजिकृत गरेको छ । अस्थायी राजधानी भएका बेला मुख्यमन्त्री भएका पौडेलको पहलमा नै हेटौंडा प्रदेश राजधानी भएको हो । ‘यो उपलब्धी एक दुई वर्षलाई होइन सयौं वर्षलाई हो,’ पौडेल भन्नुहुन्छ, ‘यो फगत राजधानीको भूगोल मात्र कायम भएको होइन । राजधानीसँग जोडिएर आउने अनेक पूर्वाधारहरु अब यहाँ आउनेछन् ।’ पौडेलका अनुसार विश्वविद्यालय, मेडिकल कलेज जस्ता ठूला पूर्वाधार राजधानीले आफैं खोज्नेछ । जसले हेडौंडाको पहिचान र यहाँका जनताको जीवनस्तरमा व्यापक परिर्वतन गर्ने पौडेल बताउनुहुन्छ ।

यो उपमहानगरमा अघिल्लो पटक एमालेले मेयर बनाएका हरिबहादुर महतको सादा जीवनशैली र सुशासन चुनाव जित्ने अर्को आधार भएको एमालेजनहरु बताउँछन् । उपमेयर मीना लामाचाहिँ नेकपा एसबाट मेयरमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । लामालाई गठबन्धनको साथ छ ।

१ लाख ४ हजार मतदाता रहेको हेटौंडामा कमजोर संगठन भएको समाजवादीले मेयर पाएकोले पनि एमालेको जीत सहज भएको स्थानीयबासीहरु बताउँछन् ।

चिनौं एमाले उम्मेदवार

अनन्त पौडेल, नगर प्रमुख पदका उम्मेदवार

१३ साउन २०१९ मा मकवापुर जिल्लाको भीमफेदी तत्कालिन गाविस वडा नं –४ बुवा डिल्लीनाथ पौडेल र आमा हरीप्रियादेवी पौडेलको कोखबाट जन्मेका उहाँको २०२३ सालमा बसाईसराईगरी हेटौंडा–९ मा आउँनुभएको थियो । हेटौंडा–४ स्थित श्रमिक माविबाट अध्ययन सुरु गरेका पौडेलले हेटौंडा – २ भुटनदेबी मावि हुँदै मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातक तह गर्नुभएको थियो ।

२०३५ साल चैत २७ गते तत्कालिन नेकपा मालेको सम्पर्कमा आउँदै पौडेलले राजनिति सुरु गर्नुभएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुभएका उहाँले २०३८ सालमा अनेरास्ववियु मकवानपुरका कोषाध्यक्ष जिम्मेवारी प्राप्त गर्नुभएको थियो । पौडलले २०४० सालमा अनेरास्ववियु जिल्ला अध्यक्ष हुदै २०४१ सालमा अनेरास्ववियु नारायणी अञ्चल सहसचिवको जिम्मेवारी पाउँनुभएको थियो।

विद्यार्थी आन्दोलनकै क्रममा गिरफ्तार परेका पौडेल डेढ वर्ष रौतहट जिल्लाको कारागारमा बिताउँनुभएको थियो । २०४३ सालमा नेकपा मालेको संगठित सदस्यत हुदै पौडेल २०४३ सालमा नेकपा मालेको हेटौंडा नगर कमिटी सचिव जिम्मेवारी प्राप्त गर्नुभएको थियो । २०४४ सालमा नेकपा माले जिल्ला कमिटी सदस्य हुदै पौडेलले २०४६ सालको जनआन्दोलन सञ्चालन प्रविधिको सदस्य हुँदै जनआन्दोलनमा अग्रणी कार्यकर्ताको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो ।

२०४७ सालमा नेकपा माले र नेकपा एमाले एकिकरण भएपछि उहाँले नेकपा एमालेको जिल्ला सचिवको जिम्मेवारी पाउँनुएको थियो । २०४८ सालको पहिलो आम निर्वाचनमा मकवानपुरको तिन वटै क्षेत्रमा नेकपा एमालेलाई विजयी गराउन सफल पार्दे २०४९ सालको स्थानिय तहको निर्वाचनमा पनि जिल्ला विकास समिति र हेटौंडामा नेतृत्वलाई विजयी गराउँनुभएको थियो ।

२०५१ सालमा एमालेको सरकार बनेपछि मकवानपुरको सुकुम्बासी आयोगको जिम्मेवारी प्राप्त गरेका पौडेलले मकवानपुरमा भूमिहिन तथा अव्यवस्थित बसोबास गर्नेहरुलाई ३ हजार २ सय लालपूर्जा वितरण गर्नुभएको थियो । उहाँले २०५० सालमा बाढीपिडितहरुलाई पदमपोखरीको बृन्द्धाबनमा ४ सय परिवारलाई ८ महिना भित्रमा घर बनाएर वितरण गर्नुभएको थियो ।

२०५४ सालमा नेकपा एमालेको अञ्चल कमिटीको कार्यालय सचिवको जिम्मेवारी प्राप्त गर्दै २०५४ सालमा जिल्ला विकास समितिको निर्वाचनबाट जिल्ला विकास समिति सदस्यको जिम्मेवारी लिनुभएको थियो । २०५९ पछि लगातार २ कार्यकाल नेकपा एमाले नारायणी अञ्चल सचिवको जिम्मेवारी निभाउदै आएका पौडेल २०६२÷०६३ को जनआन्दोलनमा मुल नेतृत्वको जिम्मेवारीमा रहेर आन्दोलन संचालन र सफल गर्नुभएकोथियो ।

२०६४ सालमा संविधान सभाको पहिलो निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार÷पराजित भएका पौडेल २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा विजयी हुँदै संविधान सभा संसदिय दलको सचिवको रुपमा रहँदै संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्लनुभएको थियो । विचमा केही समय पार्टीको प्रदेश संगठन विभाग प्रमुखको भूमिका निर्वाह गर्दै आइरहेका पौडेल हाल पार्टीको केन्द्रिय निर्वाचन विभाग सदस्य हुन् । उहाँको परिवारमा श्रीमती, २ छोरा र १ छोरी छन् ।