अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा र प्रचण्डको प्रेम केही दिनमै टुट्छ : सुरेन्द्र पाण्डे

देउवा र प्रचण्डको प्रेम केही दिनमै टुट्छ : सुरेन्द्र पाण्डे


चितवन – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको प्रेम केही दिनमै टुट्ने बताउनु भएको छ । 

चितवनको भरतपुरमा एमालेले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले उहाँहरुको प्रेम नक्कली भएको दाबी गर्नुभयो । 

उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो र कमजोर प्रेम छ भन्ने कुरा जान्न धेरै पर जानुपर्दैन । यो नक्कली र चाउरे पिरती धेरै दिन चल्नेवाला छैन, केही दिनमै टुट्ने छ ।’

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले केही दिन कांग्रेसका उम्मेदवारले हारेको स्थानमा बजेट नदिने भनी दिएको अभिव्यक्ति प्रति उहाँले आपत्ति समेत जनाउनुभयो ।

उपाध्यक्ष पाण्डे भन्नुहुन्छ, ‘प्रधानमन्त्री पत्नीले हामीले हारेको ठाउँमा बजेट दिँदैनौं भन्नु भएछ । क्याबात्। आज पनि राणा शासन गएनछ भन्ने उहाँलाई लागेछ । यो राणा शासन होइन, लोकतान्त्रिक युग हो ।’