चितवन – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताउनुभएको छ ।
भरतपुरमा आयोजित सभालाई आज सम्बोधन गर्दै उहाँले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताउनुभयो ।
उपाध्यक्ष थापाले भन्नुभयो, ‘म तपाईहरुलाई धम्क्याउको निम्ति यहाँ आएको होइन । फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन । सहयात्रीलाई घुक्र्याउन पनि आएको होइन । स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न आएको हुँ ।’
अहिले देश ऐतिहासीक मोडमा आएको उहाँले बताउनु भयो । यो मोड नयाँ चुनौत र अवसर लिएर आएको उहाँले बताउनुभयो।
उपाध्यक्ष थापाले भन्नुभयो, ‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी समाना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरुले यी प्रश्नहरुको उचित जवाफ दिनुपर्ने भएको छ ।’
अहिले देशमा दुई धारबीच संघर्ष चलेको उहाँले बताउनुभयो। एउटा धार ठूला पूँजीपतीहरुको जसको प्रतिनिधित्व पाँच दलिय गठबन्धनले गरेको उहाँले बताउनुभयो । अर्को धार देशभक्तहरुको रहेको, जसको नेतृत्व एमालेले गरेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया