अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् : केपी शर्मा ओली

देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् : केपी शर्मा ओली


चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताउनु भएको छ ।

भरतपुरमा आज पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उहाँले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन । कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन् ?’