अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाइदिन अध्यक्ष ओलीको आग्रह

कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाइदिन अध्यक्ष ओलीको आग्रह


चितवन – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गर्नुभएको छ । 

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीहरूलाई यस्तो आग्रह गर्नुभएको हो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दै । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराईदिनुहोस् । गठबन्धन त्यसै जान्छ ।’

निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने र आउने सरकार नेकपा एमालेको हुने उहाँले दाबी गर्नुभयो । भरतपुर महानगरको मेयरका उम्मेदवार विजय सुवेदी भोट हालेर उम्मेद्वारलाई जिताए विकास गर्ने जिम्मा आफ्नो भएको उहाँले बताउनुभयो ।