अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको चुनावी दौडाहा उत्कर्षमा,आज तीन जिल्लाको कार्यक्रम सकेर बास बस्न गृह जिल्ला जाने

अध्यक्ष ओलीको चुनावी दौडाहा उत्कर्षमा,आज तीन जिल्लाको कार्यक्रम सकेर बास बस्न गृह जिल्ला जाने


भक्तपुर- चुनाव प्रचारका लागि ४८ घण्टा समय मात्र बाँकी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी दौडाहा उत्कर्षमा पुगेको छ । अध्यक्ष ओलीले आज पोखरा देखि झापासम्म चार जिल्लाका कार्यक्रमहरुलाई सम्बोधन गर्दैहुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयले जनाए अनुसार विहान १० बजे अध्यक्ष ओली पोखराका लागि उड्नुहुनेछ । पोखरा महानगरपालिकाको चुनावीसभालाई सम्बोधन गरेर ललितपुर महानगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्न आउनुहुनेछ । त्यस लगत्तै अध्यक्ष ओलीले किर्तिपुर नगरपालिकामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि साँझ ६ बजे अध्यक्ष ओली भद्रपुर विमानस्थलमा अवतरण गरेर आफ्नो गृहनगर दमकमा आउने कार्यक्रम छ ।
अध्यक्ष ओलीका प्रतिनिधी एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार साँझ अध्यक्ष ओलीले दमकको नेतृत्वसँग चुनावी तयारी बारे छलफल गर्ने कार्यक्रम छ ।