अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयरकी उम्मेद्वार गीता अधिकारीले गोलाटारमा ३४ वर्ष अघि बुहारी बनेर भित्रिएको सम्झिएपछि………

मेयरकी उम्मेद्वार गीता अधिकारीले गोलाटारमा ३४ वर्ष अघि बुहारी बनेर भित्रिएको सम्झिएपछि………


दमक -स्थानीय तहको निर्वाचन चार दिन बाँकी रहँदा नेकपा एमाले दमकलाई घरदैलो,¥याली र भेटघाटको चटारो उस्तै छ । यसै क्रममा आज दमक ३ का गाउँ गाउँ घुम्ने कार्यक्रम थियो । गाडीको लस्कर र ठाउँठाउँमा कोणसभा भए । कोणसभामा मेयरकी उम्मेद्वार गीता अधिकारी,उपमेयर अम्बिका प्रसाद खनाल र वडाध्यक्ष नविन बरालले आफ्ना आफ्ना धारणा राखे ।
गोलाटारमा भएको कोणसभामा मेयरकी उम्मेद्वार अधिकारीले गरेको भाषणले धेरैलाई भावुक बनायो । गोलाटारबासीको अगाडी अधिकारीले ३४ वर्ष अगाडीको असारको एकदिनको सम्झना गर्नुभयो । त्यो दिन झापाको सिमावर्ती बजार गौरीगञ्जबाट उहाँ बेहुली बनेर गोलाटार आउनु भएको रहेछ । ‘तपाईंहरु समक्ष म मेयरको उम्मेद्वार बनेर आउँदा ३४ वर्ष अघिको असारको एकदिन सम्झन्छु’ अधिकारीले भन्नुभयो ‘त्यसदिन म यो गाउँमा बुहारी बनेर भित्रिएकी थिंए । ’
त्यसबेला बाटो थिएन । ‘बेहुली बनेर आएको दिन खेतको आलीबाट हिडेर म मदन अधिकारीको घरमा भित्रिएकी थिंए ’ गीताले भन्नुभयो ‘त्यसपछि म तपाईंहरुकी बुहारी भएं,भाउजु भएं,काकी भएं ।’ गीताले विगत सम्झदै गोलाटार दमकको विकट क्षेत्रको रुपमा चिनिएको यो क्षेत्रमा अहिले विकासमा सबभन्दा बढी योजना रहेको बताउनुभयो ।
‘तपाईंहरुलाई थाहा होला पाँचवर्ष अघिसम्म यो क्षेत्र विकट नै मानिन्थ्यो तर अहिले फराकिला बाटा हेर्नुहोस,भ्यू टावर हेर्नुहोस,मदन भण्डारी राजमार्ग हेर्नुहोस,मधुमल्ला जाने पुल हेर्नुहोस,यहाँका विद्यालय हेर्नुहोस’ अधिकारीले भन्नुभयो ‘३ नं मा के छैन अब ?’
आफू नगरपालिकामा उपमेयरको रुपमा विजय भएर जानुभन्दा अघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला भ्यू टावरको शिलान्यास भएको उहाँले स्मरण गर्नुभयो । ‘हामी नगरपालिकामा आएको केही महिना मै केपी ओली फेरी प्रधानमन्त्री बन्नुभयो । उहाँको निर्देशनमा हामीले सबै ठूला आयोजनाको सहजिकरण गर्ने र साना योजनाहरु नगरपालिकाबाट निर्माणका कार्य ग¥यौं ।’
अधिकारीले आफ्नो टिममा उपमेयरको रुपमा दमकका अनुभवी राजनीतिज्ञ अम्बिका प्रसादर खनाल रवडा अध्यक्षमा युवा नेता नविन बराल भएकोले समग्र दमकसागै यस वडाको विकासले अझै गती लिने बताउनुभयो ।