अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव प्रचारको आज अन्तिम दिन,अध्यक्ष ओलीले तीन जिल्लाका ६ वटा आमसभालाई सम्बोधन गर्नुहुने

चुनाव प्रचारको आज अन्तिम दिन,अध्यक्ष ओलीले तीन जिल्लाका ६ वटा आमसभालाई सम्बोधन गर्नुहुने


झापा -चुनाव प्रचारको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोरङ,झापा र काठमाडौंका ६ वटा आमसभालाई सम्बोधन गर्दैहुनुहुन्छ ।
हिजो साँझ गृहनगर दमकमा आउनु भएका अध्यक्ष ओलीले अहिले विहान ८ बजे मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि झापाको गौरीगञ्ज,दमक,कमल र गौरादह नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीका साँसद प्रतिनिधी एवं एमाले प्रदेश नं १ कमिटीका सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
अध्यक्ष ओली अपरान्ह भद्रपुर भएर काठमाडौं र्फिर्कनुहुनेछ । काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले साँझ ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।