अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा


उदयपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताउनुभएको छ ।

सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो, “पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो ।”

नेकपाको बहुमतको सरकार हुँदाहुँदै सो पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरी राजनीतिक अस्थिरता निम्त्याएका कारण फेरि देशमा राजनीतिक अस्थिरता नहोस् भनेर गठबन्धन गरी सरकार गठन भएको महामन्त्री थापाको भनाइ थियो ।