अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुरामको गृहनगरमा जसपा र एमालेबीच तालमेल : मेयर जसपालाई, उपमेयर एमालेलाई

बाबुरामको गृहनगरमा जसपा र एमालेबीच तालमेल : मेयर जसपालाई, उपमेयर एमालेलाई


गोरखा– गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

एमाले र जसपाको जिल्ला नेतृत्वबीच पालुङटारको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।

सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जस अनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

पालुङटारमा जसपाले पहिले नेपाली कांग्रेससँग तालमेलको सहमति गरेको थियो । तर वडा बाँडफाँटमा कुरा नमिलेपछि दुबै दल सहमतिबाट पछि हटेका थिए ।

पालुङटार जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईको गृहनगर हो ।