अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चालू आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा प्रमुख सूचकहरुमा ‘नम्बर वान’ स्थान कायम राख्न सफल एन आई सी एशिया बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा प्रमुख सूचकहरुमा ‘नम्बर वान’ स्थान कायम राख्न सफल एन आई सी एशिया बैंक


काठमाडौं– केही दिनअघि ‘म्यानेजर अफ दी इयर अवार्ड २०२२’ बाट पुरस्कृत भएका एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने बैंकको नेतृत्वमा आएपश्चात् बैंकले हासिल गरेका विभिन्न उपलब्धीहरुले बैंकलाई देशको अग्रणी बैंकको रुपमा स्थापित गरिरहेको अवस्थामा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रयमाससम्मा प्रमुख सूचकहरुमा नम्बर वान स्थान हासिल गर्न सफल भएको छ ।

निक्षेपतर्फ कुल निक्षेप रू. ३०२.८१ अर्ब पु¥याउन बैंक सफल भएको छ र कर्जा तर्फ २७४.७४ अर्ब लगानी विस्तार गर्दै निक्षेप संकलन एवं कर्जा प्रवाह गर्नेमा बैंक पहिलो स्थानमा रहिआएको छ । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ । जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको छ । बैंकले प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ । २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च रहेको छ ।

बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे भन्नुहुन्छ, ‘कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।’

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे भन्नुहुन्छ, ‘कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।’

बैंकले आ.व. २०७८÷७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गरेको छ । अब एनआईसी एसिया बैंकमा ३७ लाख भन्दा बढी खाताहरु भएका छन् । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । बैंकका मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सुविधा उपलब्ध छ ।

बैंकको नेतृत्व लिएपछि आक्रामक बजार, कुशल व्यवस्थापन र उत्साहजनक नतिजा हासिल गरेको बैंकका सिइओ न्यौपानेले विभिन्न अवार्डहरु समेत हात पारेका छन् । पछिल्लो पटक व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले २०७८ चैत्र २६ गते ‘म्यानेजर अफ दी इयर अवार्ड २०२२’ बाट सम्मानित गरेको थियो । त्यसैगरी न्यौपाने राष्ट्रपतिबाट प्रबल जनसेवा श्री (चतुर्थ), कर्पोरेट सीईओ अफ दी इयर २०७८, ग्लोबल बिजनेस आउटलुक लन्डनको बैंकिङ सिइओ अफ दी इयर नेपाल २०२१ बाट समेत सम्मानित भएका थिए ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । ‘बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ,’ पाण्डेको भनाइ छ, ‘जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।’