अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना, २५ जना घाइते

अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना, २५ जना घाइते


धनगढी- डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चाैधरीका अनुसार दुर्घटनामा करिब २०-२५ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।

६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ ।

अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।