अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डपछि छोरी गंगा पनि आचार संहिता उल्लंघनमा,आयोगले सोध्यो स्पष्टिकरण

प्रचण्डपछि छोरी गंगा पनि आचार संहिता उल्लंघनमा,आयोगले सोध्यो स्पष्टिकरण


काठमाडौं- प्रचण्डलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको केही दिन बित्न नपाउँदै छोरी गंगा दाहाललाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । यसले गर्दा प्रचण्ड परिवार नै आचार संहिता उल्लंघनमा लागेको स्पष्ट भएको छ । गंगा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

दाहालले व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उमेदवारहरूलाई विजयी गराउन अनुरोधसहितको ‘पोस्ट’ सेयर गरेको र उक्त कार्यले आचारसंहिताको उल्लंघन भएको आयोगको बुझाइ छ ।
केही दिन अघि प्रचण्डलाई पनि आयोगले स्पष्टिकरण सोधेको थियो ।