अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या

ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या


ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका स्थित खोक्लिङमा नेकपा एमालेका कार्यकर्ता बिमल कार्कीको हत्या भएको छ ।
पालिकाको दुर्गम यस ठाउँबाट मतदान केन्द्र आउदै गर्दा कार्कीको हत्या गरेको एमालेका सचिव एवं ताप्लेजुङका साँसद योगेश भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार कार्कीलाई बीच बाटोबाट अपरहण गरी क्रुर यातना दिएर हत्या गरिएको हो । हत्या कसले गरेको भनेर आशंका गरिए पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
भट्टराईले हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । उहाँले एउटा घटनाबाट बिचलित नभइ आफ्नो विवेकलाई मतादानमा सहभागी हुने सबै मतदातालाई आहावन पनि गर्नुभएको छ ।