अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बास्तोलालाई प्रहरीले हिरासतमुक्त गर्‍यो

बास्तोलालाई प्रहरीले हिरासतमुक्त गर्‍यो


दाङ– नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको छ ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिनुभयो ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

बास्तोलाले आफ्नो पार्टीले चुनाव बहिस्कार गर्ने कुनै नीति नभएकोसमेत बताउनुभएको छ ।