काठमाडौं– नेकपा एमाले चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री उमा रेग्मी, किसान श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले चितवनमा आर्थिक चलखेल गरिरहेको आरोप लगाएको छ ।
एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ती जारी गर्दै मौन अवधिमा दाहालसहित मन्त्रीहरुले आचारसंहिताको चरम उल्लङ्घन गरिरहेको आरोप लगाउनुभएको छ ।
एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गठबन्धनका उम्मेदवारको उम्मेदवारी रद्द गर्ने प्रक्रिया सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।






प्रतिक्रिया