अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचनको तयारी पूरा : आयोग

स्थानीय तह निर्वाचनको तयारी पूरा : आयोग


काठमाडौँ — निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको तयारी पूरा गरेको जनाएको छ । आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि सुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि सुरु भएको मौनावधिमा निर्वाचन आचारसंहिताको पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिनुभयो ।

यस्तै आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि जनाएको छ। सहप्रवक्ता अर्यालका अनुसार आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधिएको छ ।