सिरहा- सिरहाको औरही गाउपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सिद्धार्थ यादव पक्राउ परेका छन् ।
औरही गाउँपालिका ४ टोलमा मध्यराति मतदातालाई पैसा बाँड्न गएको भन्दै यादवलाई नेपाली कांग्रेस र जसपाका कार्यकर्ताहरुले घेराउ गरेका थिए । त्यस क्रममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।
झडपका क्रममा एक कांग्रेस कार्यकर्ताको टाउको फुटेको छ । माओवादी कार्यकर्ताले रड प्रहार गर्दा नाम खुल्न नसकेका कांग्रेस कार्यकर्ताको टाउको टाउको फुटेको हो ।
अबस्था तनावग्रस्त बनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेपछि अध्यक्ष उम्मेदवार यादव र उनकै साथमा रहेका माओवादीकै दुई जनालाई विहान करिब २ बजे नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया