काठमाडौं– जसपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपमेयरमा एमालेलाई मतदान गर्नुभएको छ ।
गोरखाको पालुङटार नगरपालिका– १ स्थित अन्नपूर्ण मावि बुथबाट भट्टराईले उपमेयरमा सूर्यमा मतदान गर्नुभएको हो । मेयरसहित बाँकी पदमा भने जसपाको छाता चिन्हमा मतदान गर्नुभएको छ ।
पालुङटार नगरपालिकामा कांग्रेससँग गठबन्धन नभएपछि जसपाले एमालेलाई उपमेयर दिएर गठबन्धन गरेको थियो ।






प्रतिक्रिया