– धनुषाको मिथिला नगरपालिका-८ जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्। मतदान अधिकृत किरण सिंह आफैंले रुख चिन्हमा मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्।
– बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।
– हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
– रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ भने केहीबेरका लागि मतदान स्थगित गरिएको छ ।
– नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद गोकर्ण विष्टले स्थानीय तहको निर्वाचनमा इस्मा गाउँपालिका -४ को रामराज्य उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
-नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गुर्भाकोट नगरपालिका-८ मा रहेको सूर्यज्योति माध्यमिक विद्यालयको केन्द्रबाट मतदान गर्नुयो ।
– काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले आफूले जित्नेमा ढुक्क रहेको बताउनुभएको छ ।
– सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार यो मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन ।
-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १०३ वर्षीय खड्गबहादुर राउतले मतदान गरेका छन् ।
– ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्यांङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
– गण्डकी गाउँपालिका-७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
– बाराको सिम्रौनगढ नगरपालिका-२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ ।
– रुकुम जिल्लाका अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएपनि पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर २ को प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा भने अझै मतदान सुरु हुन सकेको छैन । कांग्रेसले मतदानमा भाग नलिने अडान लिएको छ ।
– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्नुभएको छ ।
प्रतिक्रिया