काठमाडौं -देशभरका विभिन्न जिल्लामा झडप हुँदा ३० ठाउँमा मतदान अवरुद्ध भएको छ । झडपका कारण मतदान अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बिष्णु कुमार केसीले जानकारी दिनुभयो ।
उनले देशभरमा विभिन्न ठाउँमा झडप भए पनि शान्ति सुरक्षालाई प्रभाव पार्ने किसिमका झडप नभएको बताउनुभयो । ‘‘अहिलेसम्म १२ ठाउँमा गोली चलाएर झडप नियन्त्रण गर्नु परेको छ । बढी जोखिम भएका ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ,” उहाँले भन्नुभयो ।
देशभरका विभिन्न मतदान केन्द्रमा मतपेटिका तोडफोड भएका छन् । त्यस्तै राजनीतिक दलका कार्यकर्ताहरु घाइते भएका छन् । यस अवधिमा प्रहरीले हवाई फायरसमेत गर्नुपरेको छ ।





प्रतिक्रिया