अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङमा मतगणना सुरु,एमालेको अग्रता

मनाङमा मतगणना सुरु,एमालेको अग्रता


मनाङ -मनाङको नासोङ गाउँपालिकामा मतगणना सुरु भएको छ। करिब १५ सय मात्र मतदाता रहेको गाउँपालिकामा शुक्रबार राति नै नतिजा आइसक्ने स्थानीय नेताले बताएका छन्।
कुल ९ वटा वडा रहेको यो गाउँपालिकामा यसअघि नै चार वटा वडाका जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष, उपाध्यक्ष र बाँकी ५ वटा वडाका जनप्रतिनिधिबीच प्रतिस्पर्धा भएको छ।
निवर्तमान गाउँपालिका अध्यक्ष चन्द्र घलेले भन्नुभयो,‘ मतगणना भर्खरै शुरु भएको छ, आजै राति नतिजा आउँछ।

घलेका अनुसार निर्विरोध बनेका मध्ये वडा नम्बर वडा नम्बर ४ माओवादीको पोल्टामा परेको छ भने वडा नम्बर ५, ६ र ७ मा कांग्रेसका जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।

०७४ को चुनावमा यो गाउँपालिकामा नेकपा एमालेले उपाध्यक्षसहित ३ वटा वडाहरु जितेको थियो। काँग्रेसले अध्यक्षसहित ६ वटा वडाध्यक्ष जितेको थियो। माओवादीले एउटा वडाध्यक्ष जितेको थियो।
गत चुनावमा काँग्रेसका चन्द्र घलेसँग पराजित एमालेका मनबहादुर गुरुङ पालिका अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन्। कांग्रेसबाट धनबहादुर गुरुङ उठेका छन् भने उपमेयरमा माओवादीका वेदबहादुर गुरुङ गठबन्धनको उम्मदेवार बनेका छन्।

मनाङका अन्य दुईवटा पालिकामा समेत मत गणना सुरु भएको छ।