अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता

चितवनको माडी नगरपालिकामा एमालेको अग्रता


काठमाडौं – चितवनको माडी नगरपालिकामा मतगणना अहिले जारी छ । माडी क्यापसमा भइरहेको मतगणनामा अहिले नगरप्रमुखमा नेकपा एमालेका ताराकुमारी काजी महतोले नै अग्रता कायम गरेकी छिन् ।

१ हजार मत गन्दा गठबन्धनका उम्मेदवार, नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले ४०१ र एमाले राप्रपा गठबन्धनका उम्मेदवार, नेकपा एमालेका ताराकुमारी काजी महतोले ४६५ मत पाएकी छन् ।

यस्तै नगर उपप्रमुखमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, नेपाली काँग्रेसका खेम प्रसाद महतोले ४०८, एमाले राप्रपा गठबन्धनका उम्मेदवार, राप्रपाका मदन पौडेलले ११७ र स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले २९० मत पाएका छन् ।