नुवाकोट – गठबन्धनलाई पराजित गर्दै नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका नेता नारायणप्रसाद रिमाल विजयी हुनु भएको छ ।
एमाले नुवाकोटको जिल्ला कमिटी सदस्य समेत रहेका रिमालले गठबन्धनका उम्मेदवारलाई ४३ मतान्तरमा पराजित गर्नु भएको हो । यसअघि नेपाली कांग्रेसले जितेको र कांग्रेस गढ मानिएको वडामा एमालेले विजयको झण्डा फहराएको हो ।
एमालेबाट उम्मेदवार बन्नु भएका नारायण रिमाल ४५१ मत ल्याएर विजयी हुनु भएको हो । वडाध्यक्षमा नारायण रिमालले नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यसी नवराज रिमालले ३९८ मतले पराजित गरेका हुन्। जम्मा १ हजार २३३ मत खसेको थियो । तारकेश्वरमा नेपाली कांग्रेस, नेकपामाओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको छ ।
त्यसैगरी वडा सदस्यमा एमालेका दुई जना र कांग्रेसबाट एक जना विजयी भएका छन् । तारकेश्वर ६ मा यसअघि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र तामाङ विजयी भएका थिए । नेकपा एमाले तारकेश्वरका सहईन्चार्ज समेत रहेका रिमाल यसअघि २०७४ को स्थानिय निर्वाचनमा पनि लोकोप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित भएका थिए ।





प्रतिक्रिया