अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको ताप्ली गाउँपालिका प्रमुखमा एमालेको अग्रता कायमै

उदयपुरको ताप्ली गाउँपालिका प्रमुखमा एमालेको अग्रता कायमै


उदयपुर – उदयपुरको ताप्ली गाउँपालिकामा वडा-१ मा १००० मत गणना गर्दा प्रमुख पदमा एमालेले अग्रता लिएको छ ।

सुर्य चिन्हका बाबुराम राईले ४७१ मत प्राप्त गर्दा हसिया हथौडाका ढुङ्गराज विश्वकर्माले १२० मत ल्याएका छन् भने स्वतन्त्रका माधव राष्कोटीले २६३ मत ल्याएर एमालेलाई पछ्याइरहेका छन् ।

उप–प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेद्वार धना मगर ५२० मत सहित अग्र स्थानमा छन् भने उहाँलाई एमाले उम्मेद्वार मानकुमारी थापाले १५५ मत सहित पछ्याइरहेका छन् ।

वडा-१ को वडाध्यक्ष पदमा एमालेका उम्मेद्वार ३६३ मत पाएका छन् भने ३१९ मत सहित काङ्ग्रेस प्रतिस्पर्धामा रहेको छ ।