दाङ – दाङको गढवा गाउँपालिका वडा-८ मा सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि गत निर्वाचनमा माओवादीले एक्लै जितेको यस वडामा यसपटक पाँच दलीय गठबन्धन भएको थियो भने कांग्रेसले उम्मेदवारी दिएको थिएन । वडामा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका सद्धाम सिद्दिकीले जितेका थिए ।
उनै सिद्दिकीलाई एक सयभन्दा बढी मत अन्तरले हराउँदै पराजित गर्दै एमालेका अब्दुल खालिक सिद्दिकी विजयी हुनु भएको छ। उहाँले ४९६ मत पाएका छन् । उहाँका निकटतम प्रतिस्पर्धी सद्दाम सिद्दिकीले ३८७ मत पाएका छन् ।
त्यसैगरी खुल्ला सदस्यहरुमा गोपाल बहादुर थापा मगर र ओमबहादुर थापा, महिला सदस्यहरुमा मिना पुन, दलित महिला सदस्यमा राजकुमारी विक विजयी हुनु भएको छ ।





प्रतिक्रिया