अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठकपछि ललितपुरको महालक्ष्मीको मतगणना सुरु

सर्वदलीय बैठकपछि ललितपुरको महालक्ष्मीको मतगणना सुरु


ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ ।

राति भएको सर्वदलीय बैठकले बिहान ११ बजेबाट गणना सुरु गर्ने निर्णय गरे पनि त्योभन्दा झण्डै चार घण्टापछि मात्रै गणना सुरु भएको हो ।

महालक्ष्मी नगरबाट प्रमुखमा नेकपा एमालेबाट हरिगोविन्द श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट शिव कट्टेल, नेकपा एकीकृत समाजवादीबाट नकुल थापाले उम्मेदवारी दिनुभएको थियो । उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिनुभएको हो ।

दुई तहमा गठबन्धन र एकमा एमालेको अग्रता

ललितपुरका तीन गाउँपालिकामध्ये दुईमा सत्ता गठबन्धन ९नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र० का उम्मेदवार र एकमा नेकपा ९एमाले०का उम्मेदवारको अग्रता रहेको छ ।

बागमती गाउँपालिका–१ मा ७७९ मत गणना हुँदा प्रमुखमा कांग्रेसका वीरबहादुर लोप्चनले ४१७, एमालेका नवराज सञ्जेलले ३२२ मत र उपप्रमुखमा माओवादीका भक्तकुमार दर्लामीले ४०० र एमालेको नमूना दोङले २७२ मत प्राप्त गर्नुभएको छ ।

कोञ्ज्योसोम गाउँपालिकामा गणना हुँदा एमालेका कृष्णमान लामाको ४४९, माओवादीका गोपीलाल सिङतानको ३७६ मत रहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेको ३०४ र एमालेको रणिता तामाङको पक्षमा २५२ रहेको छ ।

महाङ्काल गाउँपालिकामा ४०० मत गणना हुँदा कांग्रेसका गणेश केसीको २४३, नेकपा एमालेको कमला तामाङको १२१ मत र उपाध्यक्षमा माओवादीको डोल्मा लामाले २३३ र एमालेका पुरुषोतम हुमागाइँको १२१ मत ल्याउनुभएको थियो । हाल महाङ्काल गाउँपालिकामा भने मतगणना स्थगित गरिएको छ ।