मुस्ताङ – मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
नेपाली कांग्रेसको गढ भत्काउँदै एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजित गर्नु भएको हो । टसीले ६६८ मत पाउँदा टसीनुर्बुले ५१४ मत प्राप्त गर्नु भएको थियो।
उपाध्यक्षमा छिमी विष्टले कांग्रेसका छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराउनु भयो । छिमिले ६३२ मत पाउँदा छिरिङले ५३८ मत मात्रै पाउनु भएको छ । वडातर्फ ३ वटामा एमाले र दुई वटामा कांग्रेस विजयी भएको छ । यो कांग्रेसको गढ मानिने पालिका हो ।





प्रतिक्रिया