अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङमा सकियो मतगणना : एमाले र कांग्रेस दुई-दुई गाउँपालिका विजयी

मनाङमा सकियो मतगणना : एमाले र कांग्रेस दुई-दुई गाउँपालिका विजयी


मनाङ – मनाङ जिल्लाका चार पालिकाको नतिजा सार्वजनिक भएको छ ।

चार गाउँपालिका रहेको यस जिल्लामा दुईवटा पालिका नेकपा एमाले र दुईवटामा नेपाली काँग्रेस विजयी भएको हो ।

चामे र मनाङ डिस्याङ गाउँपालिका प्रमुख एमालेले जितेको छ भने नेपाली काँग्रेसले नार्पा र नाँसो गाउँपलिकामा विजय भएको हो ।

चामे र मनाङ डिस्याङ लोकेन्द्र घले र कान्छा घले अध्यक्ष भएका हुन् भने नार्पा र नाँसो गाउँपलिकामा कोन्जो तेन्जिङ र धनबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

चामेमा घलेले ३२० मत ल्याएर विजय भए भने डिस्याङमा कान्छा घलेले ८६१ मत पाए । यस्तै नार्पामा कोन्जोले १५८ तथा नाँसोमा धनबहादुर निर्विरोध निर्वाचित भएका हुन् ।