अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको ताप्लीमा एमालेले खोल्यो खाता, वडा-१ मा प्यानलै विजयी

उदयपुरको ताप्लीमा एमालेले खोल्यो खाता, वडा-१ मा प्यानलै विजयी


उदयपुर – उदयपुरको ताप्ली गाउँपालिका वडा-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा उद्द्ब हमाल, महिला सदस्य पदम माया सुनुवार, दलित महिला सदस्य मन कुमारी सार्की, खुल्ला सदस्यमा तेजबहादुर मगर र सरोज राई निर्वाचित हुनु भएको छ ।

नव निर्वाचित वडाध्यक्ष हमालले ३९९ मत प्राप्त गरेका थिए भने उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्म राइले ३७८ मत प्राप्त गरेका थिए । वडा नम्बर १ मा १ हजार ८६७ मतदाता मध्ये १ हजार १२५ जनाले मतदान गरेका थिए ।  वडा नम्बर २ को मतगणना जारी छ ।