अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भद्रपुरमा मतान्तर घटाँउदै एमालेका असारु राजवंसी

भद्रपुरमा मतान्तर घटाँउदै एमालेका असारु राजवंसी


भद्रपुर -भद्रपुर वडा नम्बर २ मा एमालेले मेयर पदमा मत अन्तर घटाउँदै गएको छ । भद्रपुर नगरपालिकामा ३५९४ मतगणना गर्दा मेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेल ११४१ ले मत पाउनुभएको छ । एमालेका असारु राजवंशी १०३९ र राप्रपाका नवराज पनेरु ९३७ मत ल्याउनुभएको छ ।

वडा १ नम्बरको अन्तिम गणनासम्म गठबन्धनका पोखरेल १४० मतले अगाडी हुनुहुन्थ्यो । वडा २ नम्बरको गणना गर्दा एमालेका राजवंशीले मतान्तर घटाउँदै १०२ मतले पछाडी छ । त्यस्तै उपमेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी १०७८ ले मत ल्याउनुभएको छ । एमालेकी कौशिल्या अधिकारी ९९० र राप्रपाकी राधा कार्की ९३३ मत ल्याउनुभएको छ । २ नम्बर वडा अध्यक्षमा एमाले २५२ मत ल्याउँदै अगाडी रहेका छन् । २ नम्बरमा ७०० मत गणना भएको छ ।