काठमाडौँ -महानगरमा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले मत अन्तर फराकिलो बनाउनुभएको छ । उहाँले राप्रपाकी विनिता मगैयाभन्दा करिब १२ सय बढी मत प्राप्त गर्नभएको छ ।
सुनिताले १ हजार ८५२ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी विनिताले ६४४ मत मात्र प्राप्त गर्नुभएको छ ।
गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ५३९ मतसहित तेस्रो स्थानमा छन्।
मेयरमा पनि गठबन्धन उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमै हुनुहुन्छ। मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह करिब ८ सय मतले अगाडि हुनुहुन्छ भने भने दोस्रोमा एमालेका केशव स्थापित हुनुहुन्छ ।





प्रतिक्रिया