कलैया – निजगढ नगरपालिका वडा-१३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् ।
काँग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी हुनुभएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँ सोही पदमा निर्वाचित हुनुभएको थियो ।
यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि काँग्रेसका उम्मेदवार विजय भएका भने वडा नं २३ मा नेकपा एमाले र प्रसौनी गाउँपालिकाको वडा-१ मा पनि एमालेकै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् ।





प्रतिक्रिया