अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लाको गर्ज्याङकोटमा मतदान पुनःशुरू

जुम्लाको गर्ज्याङकोटमा मतदान पुनःशुरू


जुम्ला – स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ ।

वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच मतदान सुरु गरिएको हो ।

मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा छ ।

मतदान भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनु भयो ।

१००७ मतदाता भएको यो मतदान केन्द्रमा ३२० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो ।