अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेमा दुई पालिकाको मतगणना रोकियो

काभ्रेमा दुई पालिकाको मतगणना रोकियो


काभ्रे – काभ्रेको बेथानचोक गाउँ पालिका र तेमाल गाउँ पालिकाको मतगणना रोकिएको छ ।

मतगणना गर्ने क्रममा दलका प्रतिनिधिहरुबीच भएको विवादले तेमाल गाउँपालिकाको वडा-१ को मतगणना रोकिएको हो । शनिबार राति ८ बजेदेखि रोकिएको मतगणना अझैं सुरु भएको छैन ।

तेमाल गाउँपालिका निर्वाचन अधिकृत बिमला रेग्मीका अनुसार रातिदेखि रोकिएको मतणना सुरु गर्नको लागि बिहान सर्वदलीय बैठक बोलाएको जानकारी दिनु भयो । बेथानचोक गाउँ पालिकामा पनि मतगणना रोकिएको निर्वाचन अधिकृत लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिनु भयो ।