अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडमा ३ बजेदेखि मतगणना, मोवाइल निषेध

बिर्तामोडमा ३ बजेदेखि मतगणना, मोवाइल निषेध


बिर्तामोड- बिर्तामोड नगरपालिकामा शनिवार साँझदेखि रोकिएको मतगणना ३ बजेदेखि सुरु गर्ने निर्णय भएको छ । सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने निर्णय गरिएको हो ।

सर्वदलीय बैठकले मतगणनास्थललाई थप व्यवस्थित गर्दै नपाको माथिल्लो हलमा २ ठाउँ मात्र गणना गर्ने र अर्को गणक टोलीलाई कोठामा गणना गर्ने व्यवस्था मिलाउने निर्णय भएको सहायक निर्वाचन अधिकृत जय तिम्सिनाले जानकारी दिए । यस्तै, बैठकले मतगणना हुने ठाउँमा दलका २-२ जना प्रतिनिधि मात्रै बस्न दिने निर्णय गरेको छ ।

सो स्थलमा मोवाइल पनि निषेध गर्ने सहमति भएको छ ।