अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनले जिते २८ केजीको खसी दिन सहीछाप !

बालेनले जिते २८ केजीको खसी दिन सहीछाप !


काठमाडौं– स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले मुलुककै ध्यान खिच्नुभएको छ ।

काठमाडौंमा शाहले मूलधारका पार्टी एमाले र कांग्रेसलाई पछि पारिरहेकाबेला विजयको अड्कलबाजी भइरहेको छ ।

काठमाडौंमात्र होइन, बालेनको जीतको चासो देशका विभिन्न भागमा परेको छ ।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का विजय फुयाल र रमेश खड्काले बालेनले जित्ने/नजित्नेमा बाजी मारेका छन् ।

जितेमा रमेशले २८ केजीको खसी दिने, नजितेमा विजयले २८ केजी बराबरको रकम दिने बाजी थापेका छन् ।

सहीछाप, दायाँबायाँ औंठा छाप गरेका उनीहरुसँग सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्य साक्षी छन् ।