सिन्धुपाल्चोक- विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि जुगल– २ को वडा अध्यक्षमा एमालेका चन्द्रकाजी लामा विजयी भएका छन् ।
पहिलोपटक गरिएको गणनामा एक मतले जितेका लामाले दोस्रोपटक गणना गर्दा ९ मत बढी पाएका छन् । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादीले आपत्ति जनाएपछि दोस्रोपटक गणना गरिएको थियो ।
सुरुमा गन्दा लामाले ६०९ र प्रतिस्पर्धी माओवादीका प्रताप लामाले ६०८ मत पाएका थिए । दोस्रोपटक गन्दा ६१२ र ६०३ मत आएको छ ।





प्रतिक्रिया