जुम्ला – कासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको हो ।
धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन् । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भएका छन् । वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन्। महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी हुनु भएको छ ।
दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय हुनु भएको छ । कनकासुन्दरी-८ मा वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार जितेका छन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ ।





प्रतिक्रिया