हेटौडा- हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार तेस्रो स्थानमा झरेका छन् । मतगणनाको सुरुबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा पुगेको हो ।
हालसम्म २ हजार २७४ मतसहित गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहनुभएको छ । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह हुनुहुन्छ । उहाँले २ हजार २२५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल हुनुहुन्छ । उहाँको २ हजार ११२ मत प्राप्त गरेका छन् ।
हाल हेटौंडा १, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । हेटौंडा १ को मतगणना अन्तिम चरणमा पुगेको छ ।





प्रतिक्रिया