उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित हुनु भएको छ ।
आज सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाएका थिए ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् । उहाँले एक हजार ९३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले १ हजार ७३ मत पाएका थिए ।
यसैगरी वडा नम्बर २ माओवादी केन्द्र, ३ स्वतन्त्र, ४ जनता समाजवादी पार्टी र ५ मा नेपाली कांग्रेस निर्वाचित भएका छन्।
यसअघि २०७४ सालमा लिम्चुङबुङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकी रमिला राई निर्वाचित हुनु भएको थियो ।





प्रतिक्रिया