तेह्रथुम- तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार यादव बहादुर खापुङ विजयी भएका छन । उनले गठबन्धनका उम्मेदवार धनकुमार लिम्बुलाइ पराजित गरे ।
उपाध्यक्षमा गठबन्धनको तर्फबाट गितादेवी तिमल्सिना विजयी भएकी छिन । उनले एमालेकी प्रेमलता घिमिरेलाइ पराजित गरिन । एमालेले १, ४, ५ र ६ नम्बर वडामा पनि जितेको छ । बाँकी वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन । एमालेबाट वडा नम्बर ६ मा प्रदीपकुमार बुढाथोकी विजयी भएका छन । त्यस्तै वडा नम्बर ५ मा दोजराज गौतम र वडा नम्बर ४ मा कविन्द्रकुमार लिम्बु र वडा नम्बर १ मा डम्बरबहादुर लिम्बु विजयी भएका छन ।





प्रतिक्रिया