स्याङ्जा – स्याङ्जाको हरिनाश गाउँपालिकामा एमालेले जितेको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार खिम नारायण मानन्धर विजयी हुनुभएको हो । उहाँले नेपाली काँग्रेसका टोप बहादुर भुजेललाई ३७ मतले पराजित गर्नुभएको छ ।
मानन्धरले ४ हजार ७६९ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी टोप बहादुर भुजेलले ४ हजार ७३२ मत पाउनुभएको छ । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै इन्द्रा कुमारी थापा राना विजयी हुनुभएको छ । उहाँले गठबन्धनकी मिठु लम्साललाई २४ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।
एमालेकी इन्द्रा कुमारी रानाले ४ हजार ७४० मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी मिठु लम्सालले ४ हजार ७१६ मत पाउनुभएको छ् ।
हरिनाश गाउँपालिकामा एमालेले ४ वटा वडामा जीत हासिल गरेको छ । गाउँपालिकाको वडा-३,४,६ र ७ गरी चार वटा वडाहरूमा एमालेबाट वडा अध्यक्ष पदका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् भने वडा-१,२ र ५ गठबन्धनले जीतेको छ ।
हरिनाश गाउँपालिकामा १४ हजार ८१९ जना मतदाता रहेकोमा ९ हजार ८१३ जनाले मतदान गरेका थिए ।





प्रतिक्रिया