अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलाको महाकालीमा मेयर र उपमेयर दुबैमा एमाले विजयी

दार्चुलाको महाकालीमा मेयर र उपमेयर दुबैमा एमाले विजयी


दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैंसिर निर्वाचित हुनु भएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार हंसराज भट्टलाई १ हजारभन्दा बढी मतअन्तरले हराएका छन् ।

चैंसिरले ५ हजार ३ मत ल्याउँदै निर्वाचित हुँदा भट्टले ३ हजार ८८७ मत पाएका छन् ।

उपप्रमुख पदमा पनि एमालेकी उम्मेदवार दुर्गा कुमारी खत्री निर्वाचित हुनु भएको छ । उहाँले ४ हजार ६३६ मत पाएकी छन् ।

उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १८२ मत पाएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।