अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरमा रेनु दाहाललाई सुवेदीले ३ मतले पछि पारे 

भरतपुरमा रेनु दाहाललाई सुवेदीले ३ मतले पछि पारे 


चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई  तीन मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत पाएका छन् भने दाहालले २ हजार ४६५ मत ल्याएकी छन् । यसअघि दाहाल झिनो अग्रता बनाइरहेकी थिइन् । भरतपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन्।